आइतवार, श्रावण २४ गते २०८३

चलचित्र ‘लाज शरणम्’को पहिलो कमाइ कति ?

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम’ लाई दर्शकहरुको राम्रो साथ मिलेको छ । दर्शकले मन पराउँदा सिनेमाले पहिलो दिनमा नै एक करोड १० लाख कलेक्सन गरेको छ ।

फिल्मका वितरक मनोज राठीले पहिलो दिनको व्यवसाय सार्वजनिक गर्दै दोस्रो दिनको व्यवसाय आउन बाँकी रहेको बताएका छन् । चलचित्रमा काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश गरिएको छ । जसले दर्शकहरुको मन जितिरहेको छ । दर्शकले चलचित्रमा सुन्दर कर्णालीको दृश्य बढी मन पराएका छन् । कर्णालीका दुःख मात्रै चलचित्रमा छैन । प्राकृतिक रूपमा सुन्दर कर्णालीका मनोरम दृश्य र सुन्दर मन भएका मान्छे पनि छन् ।

लोकप्रिय हास्य टेलीश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको फिल्ममा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिस निरौला रहेका छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा रहेका छन् । फिल्म कुमार कट्टेलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार