बिहिवार, आश्विन १५ गते २०८३

१३ औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

सोमवार , श्रावण २५, २०७८

काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावलाई रिभ्यु गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको एन्फाले जनाएको छ । यसअघि बंगलादेशमा साफ गर्ने तय भए पनि कोभिड–१९ का कारण उसले हात झिकेको थियो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले कोरोना महामारीका कारण अहिले नेपाल भन्दा माल्दिभ्सको अवस्था केही राम्रो रहेकाले माल्दिभ्समा आयोजना गर्न सहमति जनाएको बताए । यस पटक साफमा ५ राष्ट्रले  प्रतिस्पर्धा गर्नेछन् । यस्तै भुटानले पनि सहभागिताबारे ३ दिनमा निर्णय गर्ने एन्फाले जनाएको छ ।

अहिलेसम्म नेपाल, माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंकाले खेल्ने पक्का भएको छ । पाकिस्तान भने फिफाको प्रतिवन्धमा रहेकाले साफमा सहभागी हुने छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार