बिहिवार, आश्विन १५ गते २०८३

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं । २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको च्याम्पियनसिप कोभिड १९ महामारीको कारण स्थगित भएको हो ।

फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सूचना मार्फत जानकारी गराएका छन्।

एसियल भलिबल कन्फेडेरेसनले फिलिपिन्स भलिबल फेडेरेसनलाई अक्टोबर अन्तिम साता च्याम्पियनसिप गर्नका लागि सुझाव दिएको चन्दले उल्लेख गरे। तर सहभागी टिमको कोभिडको अवस्था हेरेर मात्र यसबारे निर्णय हुने उनले जनाए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार