काठमााडौं । लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले नयाँ कप्तानका रुपमा सर्जियो बुस्क्वेट्सलाई पाएको छ।
उनले अब मेस्सीको उत्तराधिकारीका रुपमा आर्मब्यान्ड लगाउनेछन्। उपकप्तानका रुपमा जेरार्ड पिके, सर्जि रोर्बटो र जोडी अल्बा रहनेछन्। कप्तान बुस्क्वेट्स र तीनवटै उपकप्तान बार्सिलोनाको युथ एकेडेमी ला–मेसियाका उत्पादन हुन्।
भर्खरै क्लब छाड्ने घोषणा गरेका पूर्वकप्तान मेस्सी पनि ला–मेसियाकै उत्पादन हुन्। मेसी कप्तान छँदा बुस्क्वेट्स, पिके र सर्जि रोर्बटो उपकप्तान थिए। आइतबार युभेन्टस्विद्धर जोआन गाम्पर ट्रफीमा बुस्क्वेटस्ले बार्सिलोनाको कप्तानी गरे।
मेसीको क्लब छाड्ने घोषणापछि बार्साले खेलेको यो नै पहिलो खेल हो। यस खेलमा बार्सा ३–० ले विजयी भयो।