आइतवार, श्रावण २४ गते २०८३

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा होली पर्वको रौनकता (तस्बिर सहित)

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । बैतडीसहित सुदूरपश्चिमका गाउँबस्तीदेखी सहर बजारमा होली अर्थात फागु पूर्णिमा पर्वको रौनकता छाएको छ । 

holi (1).jpg

असत्य माथी सत्यको विजय भएको खुसी, सदभावना र रंगसहित खुसियालीमा मनाईने होली पर्वको रौनकता सुदूरपश्चिममा छाइरहेको छ । फागुन शुक्ल दशमीका दिन बाट फागु पुर्णिमा अर्थात (फागुन शुक्ल चतुर्दशी)का पाचँ दिनसम्म मनाइने होली पर्वको आज चौथो दिन हार्षोल्लासका साथ मनाइदै छ । 

Screenshot 2025-03-12 125046.png

पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा पाँच दिनसम्म होली मनाइने प्रचलन रहेको छ । बैतडी, दार्चुला र कञ्चनपुरका सुमदायहरुको एक किसिमको होली छ भने डडेल्धुराको रुपाली होली छुट्टै रहेको छ । त्यसैगरी अछामी समुदायको होली पनि भिन्न तरीकाले मनाइने गरेको छ । होलीमा गाईने भगवानको महिमा एउटै भएपनि खेल्ने तरीका फरक फरक रहेको छ । 

Screenshot 2025-03-12 114803.png

होली मनाउने दिन र तरिका ठाउँ अनुसार फरक फरक हुने गरेको छ । होलीमा विशेष गरी सुदूर पहाडमा सामूहिक रूपमा घरघरमा गएर महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाँजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने गर्दछन । होलीलाई विशेष गरी असत्य माथी सत्यको विजयका रुपमा खुसीयालीका साथ मनाइने गरिन्छ । यस अवसरमा पौराणिक, धार्मिक, राजनैतिक, सामाजिक तथा प्राकृतिक गाथाहरु प्रस्तुत गर्ने गरिन्छ । रङको पर्व होली पुर्णीमाको दिनसम्म धुमधामकासाथ खेलेर समाप्त हुनेछ ।

Screenshot 2025-03-12 114210.png

हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । पौराणिक इतिहास होलीको मुख्य उत्पत्ति होलिका दहन सम्बन्धी कथा रहेको छ, जसमा असुर राजा हिरण्यकशिपु, उनको भक्त छोरा प्रह्लाद, र होलिका को कथा जोडिएको छ । पुराणहरूमा उल्लेख भए अनुसार, असुर राजा हिरण्यकशिपु भगवान् विष्णुका  कट्टर विरोधी थिए । उनी आफ्नै राज्यमा आफूलाई भगवान् ठान्ने गर्दथ र सबैलाई आफ्नो पूजा गर्न बाध्य बनाउथे । तर, उनको छोरा प्रह्लाद भने भगवान् विष्णुका परम भक्त थिए । यसले हिरण्यकशिपुलाई क्रोधित बनायो, र उनले छोरालाई विष्णुको भक्ति त्याग्न धम्की दिए । 

Screenshot 2025-03-12 115346.png

तर, जब प्रह्लादले आफ्नो भक्ति त्यागेनन्, हिरण्यकशिपुले उनलाई मार्ने विभिन्न प्रयास गरेका थिए । अन्त्यमा, हिरण्यकशिपुको बहिनी होलिका, जसलाई अग्निबाट रक्षा गर्ने वरदान प्राप्त थियो, उनले प्रह्लादलाई जलाएर मार्ने योजना बनाइन् । होलिका प्रह्लादलाई लिएर आगोमा बसिन्, तर भगवान् विष्णुको कृपाले होलिका जलेर नष्ट भइन् र प्रह्लाद भने सुरक्षित रहेका थिए । यस घटनाले सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने परम्पराको सुरुवात भएको मानिन्छ । 

Screenshot 2025-03-12 125622.png

तर, पछिल्लो समय गाउँघरमा बढ्दो आधुनिकताले गर्दा होली पर्वको परम्परागत महत्व र रौनक घट्दै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली खेल्ने चलन घट्दै गएको छ । गाउँघरमा मौलिक गीत गाएर नाचेर होली पर्व मनाउनु पर्ने ठाउँमा युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र होली पर्व मान्ने चलन बढ्दै गएको छ । त्यति मात्र नभएर मौलिक परम्परा र संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने र साउण्ड बक्सको प्रयोग बढी गर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार