सोमवार, श्रावण २५ गते २०८३

परिक्षा रोक्न माग गर्दै पद्मकन्यामा विद्यार्थीको प्रदर्शन

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं । बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा रोक्न माग गर्दै विदार्थीहरुले प्रदर्शन गरेका छन् । उनिहरु पहिला खोप त्यसपछि परीक्षा भन्दै क्याम्पस अगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शन  गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पद्मकन्या कलेजमा विभिन्न १८ वटा कलेजका सिफ्ट अनुसार परीक्षा तोकिएको छ । भीडभाड हुँदा संक्रमण बढ्ने भन्दै विद्यार्थीहरुले प्रदर्शन गर्दै परीक्षा रोक्न माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले यसअघि नै तय भइसकेका भदौ ५ गतेसम्मको परीक्षा यथावत राख्ने भन्दै सञ्चालन गर्ने निर्णय गरेको थियो ।

केही परिक्षार्थीहरु कलेज बाहिर प्रदर्शन गरिरहेका छन् भने केही परीक्षा दिनका लागि भनेर कलेज परिसरभित्र पुगेका छन् । प्रहरीले भने परीक्षा दिने वातावरण बन्दै गएको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार