बिहिवार, आश्विन १५ गते २०८३

देउवालाई ओलीको व्यंग्यात्मक आग्रह : तपाईंका पछि कुदेका मेरा मान्छेलाई मन्त्री बनाइदिनुस्, हिरिक हिरिक भइसके’

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा आवद्ध आफ्नो पार्टीका नेतालाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुप्रति लक्षित गर्दै मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले उनीहरुलाई पछि लगाइसकेपछि मन्त्री बनाइदिन भन्दै व्यंग्यात्मक अनुरोध गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर तपाईको पछि कुदेका छन्। तिनीहरुलाई मन्त्री दिनुस् न ! किन बिलम्ब गर्नुभएको ? हिरिक हिरिक भएका छन् विचराहरु!’
रोष्ट्रमबाट देउवालाई हात जोड्दै ओलीले भने, ’पछि त लगाइसक्नुभो पछिपछि हिँड्याछन् फ्याँ–फ्याँ, स्वाँ–स्वाँ गर्याछन्। मन्त्री खान पाउँ भन्याँछन् । मन्त्री दिनुस् ।

मेरो दलमा अलिकति घाटा भए पनि सहुँला बुझाउँला ।’ आजको प्रतिनिधी सभामा ओली धेरै नेताहरुप्रति खनिए । उनले माधव नेपाल सहित, प्रचण्ड, देउवा लगायतलाई कटाक्ष गर्दै भनाई राखे ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार