काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल आज सिगांपुरसँग प्रतिस्पर्धा गर्दै छ। दुई देशबीचको खेल सिंगापुरको नेसनल स्टेडियममा नेपाली समयानुसार साँझ सवा ६ बजे सुरु हुनेछ।
मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली मंगलबार नै सिंगापुर प्रस्थान गरेको थियो। नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसका लागि यो पहिलो खेल हुनेछ।
प्रशिक्षक म्याटले उक्त खेलका लागि गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फरवार्ड सुवास वम ठकुरीलाई नयाँ अनुहारका रूपमा टोलीमा समेटेका छन्।
आजको मैत्रीपूर्ण खेलपछि नेपालले आगामी मंगलबार एएफसी कप छनोटअन्तर्गत मलेसियाविरुद्ध खेल्ने तालिका छ। जहाँ नेपाल, मलेसियासँगै भियतनाम र लाओस रहेको समूह एफमा छ।