बिहिवार, आश्विन १५ गते २०८३

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

बुधवार , श्रावण २७, २०७८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन् । घिसिङले आज नियुक्तिपत्र बुझ्ने उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूषालको सचिवालयले जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । 
२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएकोमा सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको हो ।

घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद सचिव सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय सरकारले गरेको छ । 

नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई फेरी जिम्मेवारी दिन सर्वत्र माग भएको थियो तर यसअघिको केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थिएन । कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई जिम्मेवारी दिइएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार