काठमाडौं । सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ । इटहरी उपमहानरपालिका-६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजे आगो लागेको हो ।
प्रहरी स्रोतका अनुसार उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका छन् । आगो निभाउने कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै ३ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । यसैगरी, आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ ।
भवनका विभिन्न तलामा सर्वसाधारण फसेको जानकारी पाएलगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरद्वारा भवनमा फसेकाहरूको उद्धार गरेको छ । प्रहरीले आगो नियाउने प्रयास जारी रहेको जानकारी दिएको छ ।