मंगलवार, आश्विन १३ गते २०८३

महिला एसियन कप छनोटमा नेपाल समूह एफमा

बिहिवार , चैत्र १३, २०८१

काठमाडौँ । एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप-२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । महासङ्घले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आज सर्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो ।

नेपालको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । आगमी जुन महिनामा समूह ‘एफ’को छनोट खेल उज्बेकिस्तानमा हुनेछ । नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्नेछ ।

एएफसी महिला एसियन छनोटमा विभिन्न ३४ देशलाई आठ समूहमा विभाजन गरिएको छ । जसमा हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार