शुक्रवार, कार्तिक ७ गते २०८३

अबको ३ दिनसम्म मनसुन सक्रिय रहने, बुधबार केही स्थानमा भारी वर्षा हुने

बुधवार , श्रावण २७, २०७८

काठमाडौं । मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले जानकारी दिइन् ।

अबको दुई–तीन दिनसम्म देशमा मनसुन सक्रिय हुने भएकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने र एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको उनको भनाइ छ ।

वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले   नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा समेत असर पर्नसक्ने हुँदा  सतर्कता अपनाउन आग्रह गरिएकोे छ ।

आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहनुका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार