सोमवार, आश्विन १९ गते २०८३

रवि लामिछाने भन्छन्– ममाथि सरकारको षड्यन्त्रको सिलसिला रोकिएको छैन

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताएका छन् । उनले भने, ‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलशिला सकिएको छैन, । तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’ भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले आफूलाई जोगाउन वर्तमान सरकार गठन गरेको बताएका छन् । उनले कांग्रेस एमाले मिलेर सरकार बनाउँदा संसद्म बलियो सशक्त सरकार बन्ने सम्भावना अन्त्य भएको जिकिर गरेका छन् ।

लामिछानेले भने, ‘बलियो सरकार बनाउने सम्भावना कांग्रेस-एमालेले समाप्त गरेका छन् । राम्रो गर्नलाई होइन, आफूलाई बचाउन यिनले सरकार बनाएका हुन्, ।’ सरकारले आफ्नो टाउकोमा तरबार झुन्ड्याएर तह लगाउन खोजे पनि आफू नलग्ने उनको भनाइ रहेको छ । उनले भने, ‘सरकारलाई लागेको होला टाउकोमा तरबार झुन्ड्यायो भने यो डराउँछ । तर, म जुन सुकै परिस्थितिसँग जुध्न तयार छु । सरकारले मेरो शीरमाथि राखेको तरबार खसालोस्, म लड्न तयार छु, ।’  

लामिछानेले भने, ‘लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाक्षी मान्छे म होइन । म आगो कहाँ बल्ला र तापौंला भनेर बसेको मान्छे होइन, जनतामा आक्रोश आएको छ । त्यसलाई चिनुपर्ने छ, बदलनुपर्नेछ । हामीले घण्टी बजायौँ । २१ जना संसदनमा आएपछि सच्चिए होलान् भन्ने लागेको थियो, तर यिनीहरुले चेतेनन् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार