'चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैन भन्ने लागेको थियो र मेरो ज्यानको खतरा थियो,' उनले भने, 'मेरो डायरी खोसियो र कहाँ जलाइदियो थाहा छैन। नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केबल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ।'
कांग्रेस-एमालेको गठबन्धन सरकारले अर्को प्रहार पनि गर्न सक्ने भन्दै उनले सबै सशक्त हुनुपर्ने बताए। पार्टीको संरचना व्यापक परिवर्तन गर्ने गरी काम गर्न चाहेको पनि उनले बैठकमा सुनाए।