काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिट न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
सर्वोच्च अदालतले भर्खरै प्रकाशित गरेको पेसी सूचीमा उक्त इजलासको पहिलो र दोस्रो नम्बरमा कुलमान र हितेन्द्रदेवको निवेदन क्रमशः परेको हो । यसअघि आइतबार पेसी तोकिएका भए पनि सुनुवाइ नभएपछि मंगलबार सरेको हो।