काठमाडौं । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले राप्रपाका सांसद दीपक बोहराको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेसँगै चालु अधिवेशन अन्त्य भएको हो ।
२०७० मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित सांसद बोहोराको आज निधन भएको थियो । त्यस्तै संघीय संसद्को दुवै सदनको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका छन् ।
आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हो । गएको माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।