सोमवार, आश्विन १९ गते २०८३

कुलमान घिसिङ भन्छन्– मलाई हटाउँदा कतिपयले सफलता ठानेका होलान्

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पूर्वकार्यकारी निर्देशकबाट कुलमान घिसिङले आफूलाई हटाउँदा केही व्यक्तिले सफलता भएको ठानेको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले आफू बिदामात्रै भएको बताएका छन् । उनले भने, ‘सरकारको निर्णयले २०७८ साउन २५ गते नियुक्त भएपछि कार्यकारी निर्देशकको रुपमा दोस्रोपटक नेविप्रामा सेवा गर्ने अवसर पाएँ, ।’ कानुनअनुसार सेवा गर्न पाएकोमा गौरव भएको छ ।’

घिसिङले भने, ‘०८१ चैत १४ गते हटाइँदै गर्दा मकवानपुरको चेपाङ वस्तीमा काममै थिएँ । कतिपय व्यक्ति, समूह वा शक्तिले मलाई हटाउनुलाई सफल ठानेका होलान् । कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, जिम्मेवार नागरिकको अभिभारा मबाट कहिल्यै कम हुने छैन ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार