सोमवार, आश्विन १९ गते २०८३

लोडसेडिङ अन्त्य चमत्कार होइन, इमानदार प्रयास : कुलमान घिसिङ

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन् ।

बर्खास्तीमा परेपछि पहिलो पटक शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् । उनले भने, ‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्‍यौं, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौं, प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्‍याउन सक्नु नै मेरो कार्यकालको सफलता हो, ।’

सरकारले कार्यकाल बाँकी छँदै कार्यकारी बर्खास्त गरेपछि घिसिङ सरकारविरुद्ध सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले यिनै सेरोफेरोमा रहेर पत्रकार सम्मेलन गरिरहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार