काठमाडौं । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दामा बहस सकिएको छ
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतले दिएको आदेश खारेजीको माग गर्दै सभापति लामिछाने र जोशीले उच्च अदालतमा दर्ता गरेको रिटमा आज सुनुवाइ सकिएको हो ।
जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । उक्त रिटमा आज बहस सकिएको हो । यसअघि बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । सोही मुद्दामा जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको थियो । जोशीले पनि धरौटीमा छाड्नुपर्ने भन्दै उच्चमा निवेदन दर्ता गराएका थिए ।