मंगलवार, आश्विन १३ गते २०८३

अमेरिकाको यात्रा नगर्न आफ्ना नागरिकहरूलाई चीनको चेतावनी

बिहिवार , चैत्र २७, २०८१

काठमाडौँ । अमेरिकासँग बढ्दो व्यापार युद्धको बीचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा नगर्न चेतावनी दिएको छ। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले एडवाइजरी जारी गर्दै  आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नु अघि 'सावधानीपूर्वक यात्रा गर्न' र 'जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न' तथा 'सोचविचार गरेर यात्रा गर्न' सल्लाह दिएको छ।

एडवाइझरीमा 'चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धमा आएको गिरावट र संयुक्त राज्य अमेरिकाको घरेलु सुरक्षा अवस्था' लाई उद्धृत गरिएको छ।

चीनको शिक्षा मन्त्रालयले पनि छुट्टै चेतावनी जारी गरेको छ। यसमा विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्ने निर्णय गर्नु अघि 'सुरक्षा जोखिमको मूल्याङ्कन' गर्न भनिएको छ।

चीन र अमेरिका ट्यारिफको विषयमा आमनेसामने आएका छन्। चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमा १२५ प्रतिशत कर लगाएका छन्।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार