काठमाडौं । काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइएको छ ।
झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौं ल्याउन लागिएको हो । प्रहरीले प्रसाईंलाई पक्राउ गरी दुवै हातमा हत्कडी लगाएर विमानस्थलसम्म ल्याएको थियो । विमान चढाउने बेलामा भने हत्कडी खोलिएको सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडिओमा देख्न सकिन्छ । प्रसाईं जहाजभित्र पसेर यात्रुलाई हात हल्लाएको समेत भिडिओमा देख्न सकिन्छ ।
काठमाडौं आउनका लागि उनीहरु दुबै जना प्लेन चढिसकेको र अबको केहीबेरमा काठमाडौं आइपुग्ने प्रहरी स्रोतले जनाएको छ । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।