सोमवार, आश्विन १९ गते २०८३

तीनकुने घटनामा ज्ञानेन्द्रलाई जवाफदेही बनाउनुपर्छ : मुख्य सचेतक महेश बर्तौला

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनप्रति पूर्वराजा ज्ञानेन्द शाह जवाफदेही हुनुपर्ने बताएको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति समेतको पृष्ठभुमिमा तीनकुने घटना भएको बताएका छन् । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावदी प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो भने निजी र सार्वजनिक सम्पतिमा क्षति पुगेको थियो ।

बर्तौलाले भने, ‘त्यो घटनाको अनुसन्धान प्रक्रियामा पूर्वराजालाई पनि कहीँ न कहीँ जवाफदेहितामा ल्याइनुपर्छ, उहाँलाई पनि प्रश्नको दायरामा, जवाफदेहिताको दायरामा ल्याउनुपर्छ ।’ शुक्रबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी भएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार