काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले चैत्र १५ गतेको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई सुट गर्ने आदेश नदिएको भन्दै गृहमन्त्रीको आलोचना गरेकी छिन् ।
संसदीय समितिमा बोल्दै सांसद यादवले प्रहरीलाई किच्ने गरी गाडी कुदाएका प्रसाईँबारे भनिन्, ‘म मन्त्री भएको भए सुट गर्ने आदेश दिन्थेँ । कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’
चैत्र १५ गते भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही घाइते अहिले पनि उपचाररत छन् । उग्र राजावादीले तीनकुने क्षेत्रका निजी तथा सरकारी संरचना तोडफोड र आगजनी गरेका थिए ।
आज मात्रै उक्त प्रदर्शनका कमान्डर प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।