काठमाडौं । काठमाडौंस्थित तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।
भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको छ । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ ।
उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी रहेको छ । प्रहरी स्रोतका अनुसार ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको छ । गत चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईं फरार भएका थिए ।