सोमवार, आश्विन १९ गते २०८३

दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयबाट उनलाई काठमाडौं जिल्ला अदालत पुर्याइएको छ । प्रहरीले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको छ । उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।

यसअघि चैत्र २६ गते सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप गरिएको थियो । उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थपका लागि समय मागिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यहाँबाट प्रसाईंलाई अदालत पुर्याइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार