सोमवार, आश्विन १९ गते २०८३

पूर्वराजाको सन्देश लगत्तै एमालेले सचिवालय बैठक बोलायो, सोमबार च्यासलमा बस्ने

आइतवार , चैत्र ३०, २०८१

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। ‘बैठक सोमबार ११ बजे बस्ने उनको भनाइ छ।

अहिलेको विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल गर्न बैठक भनिएको छ’, उनले भने। बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने गौतमले बताए। आइतबार मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन् ।

उनले राजनीतिक दलहरूका कारण देश अगाडि बढ्न नसकेकाले अब सबै नेपाली एक हुन ढिला नगर्नु पर्ने सन्देश दिएका छन् । पूर्वराजाको सन्देश लगत्तै एमालेले बैठक बोलाएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार