सोमवार, आश्विन १९ गते २०८३

रास्वपाको नयाँ वर्षको शुभकामना- हाम्रो नेतृत्वविरुद्धको प्रतिशोध नयाँ सोचमाथिकै प्रहार हो

सोमवार , बैशाख १, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिमा पुरातन सोच राख्नेहरुले रास्वपाको मूल नेतृत्वविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएको छ। 

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा घेराबन्दी बढाइएको बताएका छन्। 

‘राजनीतिको पुरातन सोचविरुद्ध नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा बढाइएको घेराबन्दी र राजनीतिक स्वार्थका आधारमा रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध एउटा दल र नेताप्रति गरिएको कुकर्म मात्र होइन, समग्र देशको रुपान्तरण गर्ने नयाँ सोच र प्रतिबद्धता माथिकै घातक प्रहार हो,’ शुभकामना सन्देशमा अर्यालले भनेका छन्, ‘यो प्रहारविरुद्ध न्यायप्रेमी नागरिकले सुरु गरेको प्रतिवादको हामी सम्मान गर्दछौँ।’  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार