सोमवार, आश्विन १९ गते २०८३

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

सोमवार , बैशाख १, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएन भनेर निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन्। 

नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने विश्वाससमेत व्यक्त गरेका छन्। 

‘अनेकौँ कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौँ भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो। राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ। राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न हामीमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार