मंगलवार, आश्विन १३ गते २०८३

सुडानमा विद्रोहीको आक्रमणमा ४०० जनाभन्दा बढीको मृत्यु

मंगलवार , बैशाख २, २०८२

काठमाडौँ । संयुक्त राष्ट्रसंघले ‘विश्वसनीय स्रोत’लाई उद्धृत गर्दै सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा ४०० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको हो। गत हप्ता आरएसएफले अल-फशेर सहर वरपरका शरणार्थी शिविरहरूमा पनि स्थल र हवाई आक्रमण गरेको थियो।

सुडानमा डार्फर कब्जाका लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ। अप्रिल २०२३ देखि यी दुईबीच सत्ताका लागि रक्तपातपूर्ण संघर्ष भइरहेको छ। यसका कारण लाखौँ मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार