मंगलवार, आश्विन १३ गते २०८३

ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयलाई २ अर्ब डलरको आर्थिक सहयोग

मंगलवार , बैशाख २, २०८२

काठमाडौँ । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई २ अर्ब डलरभन्दा बढीको संघीय कोष रोकेको बताएको छ। बीबीसीमा प्रकाशित खबरअनुसार प्रतिष्ठित कलेजले ह्वाइट हाउसका मागको सूची अस्वीकार गरेपछि यो कुरा आएको हो।

अमेरिकी शिक्षा विभागले विज्ञप्तिमा भनेको छ, ‘हार्वर्डको भनाइले हाम्रो राष्ट्रका सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजमा चिन्ताजनक रूपमा व्याप्त अधिनायकवादी मानसिकता प्रतिबिम्बित गर्दछ।’ 

यसअघि ह्वाइट हाउसले हार्वर्डलाई मागहरूको सूची पठाएको थियो। विश्वविद्यालय क्याम्पसहरूमा यहुदीविरोधी भावनाविरुद्ध लड्न यी माग तयार पारिएको बताइएको छ। जसमा विश्वविद्यालयको प्रशासन, भर्ना र नियुक्ति प्रक्रियामा परिवर्तनका कुरा थिए। 

हार्वर्डले सोमबार यी मागलाई दृढतापूर्वक अस्वीकार गर्‍यो र भन्यो, ‘ह्वाइट हाउसले ूहाम्रो समुदायमाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ।’ 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार