काठमाडौं । सर्वोच्च अदालतले पूर्वडिआइजी छविलाल जोशी बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाउने रुपन्देही जिल्ला अदालत आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासकोको कैफियत प्रतिवेदन माग गरेको छ । सहकारी ठगी प्रकरणमा उनी थुनामा छन् ।
गोर्खा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा थुनामा रहेका छविलालको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको अधिवक्तासमेत रहेका उनका छोरा रोचक बन्जाडेले बताए ।
जोशीले दायर गरेको निवेदनमा न्यायाधीश विनोद शर्माको इजलासले प्रारम्भिक सुनुवाइपछि मंगलबार कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो। रुपन्देहीमा थुनामा रहेका उनी उच्च अदालतको सदरपछि बिरामी भएर अस्पतालमा छन् ।