काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्न माग गरेका छन् । उनले नेपालीहरुको उद्धार नगरे संसद चल्न नदिने चेतावनी दिएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन् ।