काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ७४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब ३ जिल्ला अधिवेशन गर्न बाँकी छ।अब रसुवा, नुवाकोट र धादिङमा जिल्ला अधिवेशन हुन बाँकी छ,’ उनले भने, ‘छिट्टै अधिवेशन सक्छौं।’
यी तीनै जिल्ला भदौ १० को भोटेकोशी बाढीबाट अति प्रभावित जिल्लाका रूपमा रहेका छन्। बाढीका कारण राप्रपाले ती जिल्लामा अधिवेशनको समयतालिकामा विशेष सहुलियत दिएको थियो।
राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।