मंगलवार, आश्विन १३ गते २०८३

फिलिपिन्स र अफगानिस्तानमा पनि भूकम्प

बुधवार , बैशाख ३, २०८२

काठमाडौँ ।  बुधबार बिहान काठमाडौँमा भूकम्प गएसँगै फिलिपिन्स र अफगानिस्तानमा पनि भूकम्प गएको छ ।

फिलिपिन्सको मिन्दानाओ टापुको दक्षिणी क्षेत्रमा बुधबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। यस्तै, अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा पनि ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भ विभाग अर्थात यूएस जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार फिलिपिन्समा गएको भूकम्पको केन्द्रबिन्दु मागुलिङबाट ३८ किलोमिटर दक्षिण–दक्षिणपश्चिम र माइतुमबाट ४० किलोमिटर दक्षिणपश्चिममा रहेको थियो।

फिलिपिन्स ज्वालामुखी र भूकम्प विज्ञान संस्थान अर्थात फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले केन्द्रबिन्दु माइतुमबाट ४३ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाएको छ।

यो क्षेत्र पहाडी र कम जनघनत्व भएको स्थानमा पर्छ। स्थानीय अधिकारीहरूले प्रारम्भिक जानकारीअनुसार भूकम्पबाट कुनै उल्लेखनीय क्षति वा मानवीय हानि नभएको बताएका छन्।

यता, युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार अफगानिस्तानमा गएको भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको बागलानबाट १६७ किलोमिटर पूर्व र पारुनबाट ७५ किलोमिटर उत्तरपश्चिममा रहेको थियो।

भूकम्पको धक्का अफगानिस्तान, ताजिकिस्तान, किर्गिस्तान, भारत र पाकिस्तानसम्म महसुस गरिएको बताइएको छ। भूकम्पबाट हालसम्म कुनै क्षति भएरनभएको जानकारी आएको छैन।

बुधबार बिहान ४ बजेर ५ मिनेटमा नेपालको उत्तरी सीमाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेमा केन्द्रविन्दु रहेको ५ म्याग्निच्युडको भूकम्प गएको हो।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार