मंगलवार, आश्विन १३ गते २०८३

हमासले भन्यो: नेतन्याहुको राजनीतिक एजेन्डा पूरा गर्ने सम्झौता स्वीकार गर्दैनौँ

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौँ । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ।

तर बाँकी रहेका सबै बन्धक र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको हमासले बताएको छ।

हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडिओमार्फत उक्त अभिव्यक्ति दिएका हुन्। हय्याले भनेका छन्, ‘हामी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजनीतिक एजेन्डा पूरा गर्ने कुनै पनि सम्झौता स्वीकार गर्दैनौँ।’

इजरायलको नयाँ सम्झौतामा दश बन्धकको रिहाइको बदलामा ४५ दिनको युद्धविराम आह्वान गरिएको छ। यसैबीच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टाअघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको बताएको छ।

यद्यपि, इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही भनेको छैन।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार