मंगलवार, आश्विन १३ गते २०८३

रुसी राष्ट्रपति पुटिनद्वारा एकपक्षीय युद्धविराम घोषणा

आइतवार , बैशाख ७, २०८२

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको आक्रमण रोक्दै एकपक्षीय युद्धविराम गरेका छन् ।

भिडियो सन्देशमार्फत उनले युद्धविराम अवधिमा युक्रेनमा सबै सैन्य कारबाही रोक्न आदेश दिँदै युक्रेनले पनि युद्ध रोक्ने अपेक्षा गरेको जनाएका छन् ।

उनले भनेका छन्, ‘यदि कुनै उत्तेजना उत्पन्न भएमा वा युद्धविराम उल्लंघन भएमा रुसी सेनाहरू प्रतिकार गर्न तयार हुनेछन् ।’

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै मस्कोको स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आईतबार मध्यरातसम्म सबै सैन्य अपरेसन रोक्ने पुष्टि गरेको छ ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले युद्धविरामको संकेत नदेखिए रुस–युक्रेनबीच जारी मध्यस्थताबाट हात झिक्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार