काठमाडौँ । इजरायली सेनाले गत महिना गाजामा आपतकालीन सेवामा कार्यरत चिकित्सकसहित १४ स्वास्थ्यकर्मीको मृत्यु ‘बुझाइको त्रुटि’ का कारण भएको जनाएको छ ।
यस घटनाको अनुसन्धानका क्रममा इजरायली सेना (आईडीएफ)ले थुप्रै कमजोरीहरू फेला पारेको जनाएको छ । सेनाको प्रतिवेदनमा सम्बन्धित युनिटका कमाण्डरलाई ‘सोधपुछका क्रममा अधुरो र गलत रिपोर्ट दिएको’ पत्ता लागेपछि बर्खास्त गरिएको उल्लेख छ ।
२३ मार्चमा अर्थात् गएको महिनामा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) को एम्बुलेन्स, संयुक्त राष्ट्रसंघको एउटा सवारीसाधन र एउटा दमकल गाडीमा इजरायली सेनाले गोली चलाएको थियो । सो घटनामा आपत्कालीन सेवामा कार्यरत १४ जना कर्मचारीहरू र संयुक्त राष्ट्रसंघका एक कर्मचारीको मृत्यु भएको थियो । पहिले इजरायलले ती गाडीहरु हेडलाइट वा फ्ल्यासलाइट बिना अन्धकारमा ‘शंकास्पद ढंगले’ अघि बढिरहेकाले इजरायली सैनिकहरूले त्यसमा गोली चलाएको दाबी गरेको थियो ।