मंगलवार, आश्विन १३ गते २०८३

भारतको कश्मीरमा आतंकवादी आक्रमण, १ नेपालीसहित २८को मृत्यु

बुधवार , बैशाख १०, २०८२

काठमाडौँ । भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार आतंकवादीहरूले पर्यटकमाथि आक्रमण गरेको छ ।

आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ । सामाजिक सञ्जालमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको उल्लेख छ, तर आधिकारिक पुष्टि बाँकी छ ।

कश्मीरको बैसरानमा घटना भएको हो, जहाँ आतंककारीले पर्यटक, स्थानीय र व्यवसायमा संलग्न व्यक्तिमाथि गोली चलाएका थिए । घटनामा मारिने भध्ये २२ भारतीय पर्यटक, दुई स्थानीय, एक नेपाली र एक युएई नागरिक छन् । ३६ जना घाइते छन् ।

आक्रमणको जिम्मेवारी पाकिस्तानस्थित लश्कर–ए–तैयबाको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि बन्दुकधारीहरूले हमला गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार