मंगलवार, आश्विन १३ गते २०८३

इजरायली आक्रमणमा गाजामा ५० जनाको मृत्यु

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । गाजा पट्टीमा इजरायली आक्रमणमा परी कम्तीमा ५० जना प्यालेस्टिनीको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीले जनाएका छन्।

उत्तरी गाजा शहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ।

इजरायल रक्षा बलले जबालियामा हमास र हमासको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहादको'कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टर' मा आक्रमण गरेको बताएको छ।

इजरायलले उक्त ठाउँ आक्रमणको योजना बनाउन प्रयोग भइरहेको बताएको छ। हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले जबलियाको अर्द हलावा क्षेत्रमा रहेको एक पारिवारिक घरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको बताएको छ। यस क्षेत्रका अन्य स्थानहरूमा २९ जनाको मृत्यु भएको बताइएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार