बुधवार, आश्विन १४ गते २०८३

धनकुटाबाट सशस्त्र प्रहरीले ४२१ किलो गाँजासहित कार नियन्त्रणमा, कार चालक फरार

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । धनकुटाबाट सशस्त्र प्रहरीले ४२१ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आज बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनास्थित कोसी लोकमार्गबाट गाँजासहितका कार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी गराएका छन् ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन वेश मुलघाटले जाँच गर्ने क्रममा चालकले नरोकी भगाएका थिए । डिउटीमा रहेका सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्न  खोज्दा भागेको कारलाई सशस्त्र प्रहरीले पिछा गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको कार चालक भने फरार रहेका प्रहरीले बताएका छन् । कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा बरामद भएको छ । कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार