बुधवार, आश्विन १४ गते २०८३

७८३ किलो गाँजा नियन्त्रणमा

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं ।  सशस्त्र प्रहरी बलले सुनसरीबाट ७८३ किलो गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो ।

धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको थियो । सो ट्रक खानतलासीको क्रममा ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।

सशस्त्र प्रहरीले ट्रक चालक सुनसरीका ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार