बिहिवार, आश्विन १५ गते २०८३

अमेरिकाबाट थप ५ नेपाली निष्कासित

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौँ । अमेरिकाले थप ५ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका र त्यहाँको अध्यामन कानुन उल्लंन गर्ने थप ५ जनालाई निष्कासन गरिएको हो।

निष्कासनमा पर्नेमा म्याग्दी, जाजरकोट, काठमाडौं र डोल्पाका छन् । एक जनाको ठेगना खुलेको छैन । उनीहरूमध्ये तीन जना एयर इन्डया र बाँकी दुई जना कतार एयरलायन्सबाट यसै साता नेपाल फर्काइएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेपछि उनीहरूलाई नेपाल फर्काइएको हो। ट्रम्प प्रशासन लागू भएदेखि गैरकानुनी रूपमा बसिरहेका नेपालहरूलाई धमाधम फर्काइँदै छ। अमेरिकी अध्यागमले यसअघि दुई पटक चार्टर्ड विमानमार्फत नेपालीलाई नेपाल ल्याइपुर्‍याएको थियो।

एकपटक ११ जना र दोस्रोपटक ३ जना नेपालीलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको थियो। केही नेपालीहरूलाई भने विभिन्न एयरलायन्सबाट नेपाल निष्कासन गरिँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार