बुधवार, आश्विन १४ गते २०८३

बागमतीको डाइभर्सन बाढीले बगायो

आइतवार , बैशाख २१, २०८२

काठमाडौँ । बाढीले डाइभर्सन बगाउँदा मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडक बन्द भएको छ।

आज बिहान भएको वर्षापछि आएको बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका(२ को बीचमा पर्ने बागमती नदीमा बनाइएको अस्थायी डाइभर्सन मार्ग बगाएको मकवानपुर प्रहरीले जनाएको छ।

निरन्तर वर्षा भइरहेकाले थप जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन मकवानपुर प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार