शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको आपत्तिपछि ओलीबारे यादबको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्द हटाउन सभामुख अग्नी सापकोटाले निर्देशन दिएका छन् । 
शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।

एमाले लोकतन्त्रको संघर्षबाट आएको पार्टी भएको बताउँदै उनले यादवले संसदमा बोलेको कुरा संसदको रेकर्डबाट हटाएर संसदको गरिमा कायम गर्न माग गरे । उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकल्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार