बुधवार, आश्विन १४ गते २०८३

वर्षाका कारण विष्णुमति करिडोर क्षेत्र अस्तव्यस्त, सवारी आवागमनमा समस्या (तस्वीरहरू)

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । काठमाडौंमा मंगलबार दिउँसो परेको वर्षाका कारण विष्णुमति करिडोर क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ ।

barsa (3).jpg

केहीबेर अघि काठमाडौंसहित उपत्यकाका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । वर्षापछि विभिन्न बागमती, विष्णुमति लगायतका नदीमा पानीको सतह बढेको छ ।

barsa (2).jpg

यसैबीच सोह्रखुट्टेबाट कालिमाटीतर्फ निस्कने विष्णुमति खोला छेउको करिडोर केहीबेर हिलाम्मे भएको थियो । सडक हिलाम्मे भएपछि सवारी आवागमनमा पनि असर परेको थियो ।

barsa (1).jpg

काठमाडौं महानगरपालिका- १९ टंकेश्वरी भन्ने स्थानमा पानी जमेपछि सवारी साधनमा यात्रा गरिरहेकाहरू समस्यामा परेका छन् ।

barsa (4).jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार