काठमाडौं । मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट १५ जना भारतीयको मृत्यु भएको र ४३ जना घाइते भएका छन्।भारतीय सेनाले जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको बताएको छ।
मंगलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो। जसमा २६ जना पाकिस्तानीको मृत्यु भएको छ। यस्तै ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।