आइतवार, श्रावण २४ गते २०८३

किराँत राई समुदायले मनाए उभौली पर्व

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व सोमबार देशभर पूजा आराधना गरी मनाइएको छ। 

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जंगली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। उभौली पर्वमा किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ। 

मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस यस दिनदेखि उँभो लाग्ने परम्परा रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार