मंगलवार, आश्विन १३ गते २०८३

भारत र पाकिस्तानबीच फेरि यस्तो टकराब शुरु

बुधवार , जेठ १, २०८२

काठमाडौँ । पाकिस्तानले मंगलबार राति अबेर इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई  अवाञ्छित व्यक्ति घोषणा गरेर भारतविरुद्ध बदला लिएको छ।

यसअघि मंगलबार नै भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई अस्वीकृत व्यक्ति घोषणा गरेको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, अधिकारीलाई २४ घण्टाभित्र भारत छाड्न भनिएको छ। यसको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भनेको छ , 'पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई अस्वीकृत व्यक्ति घोषणा गरेको छ। ती अधिकारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न निर्देशन दिइएको छ।’

जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव यति बढ्यो कि यो सैन्य द्वन्द्वमा परिणत भएको थियो। मे ७ मा दुई देशबीच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविराम घोषणा भएपछि मात्र रोकिएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार