मंगलवार, आश्विन १३ गते २०८३

अपरेसन सिन्दूरले पाकिस्तानमा आतंकवादी मुख्यालय ध्वस्त भएको भारतको दाबी

आइतवार , जेठ ५, २०८२

काठमाडौँ । भारतले ‘अपरेसन सिन्दूर’ नामक सैन्य अभियानबाट पाकिस्तानमा रहेको आतंकवादीहरूको मुख्यालय ध्वस्त भएको दाबी गरेको छ ।

भारतका गृह तथा सहकारी मन्त्री अमित शाहले नरेन्द्र मोदी प्रधानमन्त्री बनेदेखि पाकिस्तानविरुद्ध तीनवटा आक्रमण भएको र उनले तीनैवटा आतंकवादी आक्रमणको उचित जवाफ दिएको बताएका छन् । मन्त्री शाहले भने, ‘उरीलाई सर्जिकल स्ट्राइकले ध्वस्त पारेको थियो, पुलवामालाई हवाई आक्रमणले ध्वस्त पारेको थियो भने अहिले पाकिस्तानी मुख्यालयलाई ‘अपरेसन सिन्दूर’ले ध्वस्त पारेको छ, ।’

गृहमन्त्री शाहले भारतीय सेनाले पाकिस्तानभित्र १०० किलोमिटर भित्र प्रवेश गरेर १०० भन्दा बढी आतंककारीलाई मारेको दाबी गरेका छन् । पाकिस्तानले कच्छदेखि कश्मीरसम्म आक्रमण गर्ने दुस्साहस गरेको बताउँदै उनले त्यसलाई भारतीय सेनाले विफल पारेको बताएका छन् ।

उनले भने, ‘भारतमा एउटा पनि मिसाइल खसेको छैन । हाम्रो सेनाले पाकिस्तानी एयरबेस पनि ध्वस्त पारेको छ । हाम्रो सेनाले पहलगाम आक्रमणको बदला लिँदै जैश ए मोहम्मद र लश्कर ए तैयबाको मुख्यालयलाई पनि उडाएको छ, ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार