बुधवार, आश्विन १४ गते २०८३

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका तीन कर्मचारीको मृत्यु

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर तल खसेको छ । दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्काको पनि ज्यान गएको छ ।

सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो । जिपमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन् ।

बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार